फ्रान्सको एउटा वृद्धाश्रममा एउटी १०२ वर्षीया महिलाले ९२ वर्षीया छिमेकीको हत्या गरेको आशङ्का गरिएको छ । ती महिलालाई अहिले मानसिक अस्पताल पठाइएको छ।
एक अभियोजनकर्ताका अनुसार उनले आफ्नो स्याहारसुसार गर्ने एक व्यक्तिलाई आफूले “एक जनालाई मारेको” बताएकी थिइन्। दक्षिण फ्रान्सको शेजी-सुर-मार्नस्थित वृद्धाश्रममा अर्की वृद्धाको शव चोटपटक लागेको अवस्थामा भेटिएको थियो।
शवपरीक्षणको प्रतिवेदनमा उनको मृत्यु घाँटी थिचिएको र शिरमा चोट लागेका कारण भएको उल्लेख छ। समाचारसंस्था एएफपीका अनुसार वृद्धाश्रमका एक कर्मचारीले शनिवार मध्यरातपछि पीडित महिलालाई ओछ्यानमा अचेत अवस्थामा भेटेपछि घटनाबारे पहिलो पटक थाहा भएको थियो।
सरकारी वलिकलाई उद्धृत गर्दै एएफएपीले ती १०२ वर्षीया महिला त्यतिबेला धेरै आत्तिएको देखिन्थिन् र उनले नै ती कर्मचारीलाई आफूले हत्या गरेको बताएकी थिइन्। नियतवश अपराध गरेकी हुन् कि हैनन् भनेर छुट्याउन ती सन्दिग्ध महिलाको मानसिक स्वास्थ्यबारे परीक्षण हुँदै गरेको बताइएको छ।
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग