बालबालिकासहित २१ जनाको जलेर मृत्यु, ११ गम्भीर

बालबालिकासहित २१ जनाको जलेर मृत्यु, ११ गम्भीर

fire-break-jugrat

काठमाडौं । भारतको गुजरातको आर्थिक राजधानी सुरतमा एक व्यापारिक कम्प्लेक्समा आगलागी हुँदा बालबालिकासहित २१ जनाको मृत्यु भएको छ ।  २० जनाको ज्यूँदै जलेर मृत्यु भएको हो भने एक बच्चाको छतबाट कुँदेर मृत्यु भएको हो । मर्नेहरुमा १८ महिला र ३ पुरुष रहेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।

मृतकहरुको उमेर १५ वर्षदेखि २२ वर्षबीच बताइएको छ । ११ जना बालबालिकाको अवस्था गम्भीर रहेको छ । आगलागीको समयमा आर्टसको कोचिङ कक्षा चलिरहेको थियो । त्यहाँ करिव ४५ जना बालबालिका थिए ।

चार तल्ले उक्त कम्प्लेक्समा शुक्रबार दिउँसो ३ बजेतिर विद्युत सर्ट सर्किट भएर आगलागी भएको थियो ।  तेस्रो तत्लामा आर्ट कक्षा चल्ने गरेको थियो । ११ जनाको उद्धार गरिए पनि उनीहरुको स्थिति गम्भीर रहेको बताइएको छ ।

तीमध्ये साहसीले तीन चार जना साथीहरुलाई बचाएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विपक्षी दल काँग्रेस अध्यक्ष राहुल गान्धीले शोक जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ