नेपाल बन्द : पोखराका तीन ठाउँमा बम भेटियो (फोटोसहित)

नेपाल बन्द : पोखराका तीन ठाउँमा बम भेटियो (फोटोसहित)

61054692_387529545192240_4887696770240348160_n

कास्कीको पोखरासहित अन्य तीन ठाउँमा ठाउँमा बम भेटिएको छ । पोखराको सिर्जनाचोक स्थित एनसेल अफिसको आडमा प्रेसर कुकर बम भेटिएपछि नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गर्दैछ ।

यस्तै नयाँबजार र न्यूरोडको बीच भागमा रहेको आईडिया कलेजको अगाडी पनि बम भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शंकास्पद बस्तु भेटिएको स्थानमा सेनाको टोलि जाँदै छ ।

त्यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी नजिक नाउँडाँडामा पनि शंकास्पद बस्तु भेटिएको छ ।

आफ्ना नेता तथा कार्यकर्ताको हत्या र दमनको अभियान चलाएको आरोप लगाउदै सामान्य कार्यक्रममा हिडिरहेका युवा संगठनका कार्यकर्ता तिर्थ घिमिरे ‘राजु’लाई नियन्त्रण लिई भिडन्तको झुटो नाटक रची निर्ममतापुर्वक हत्या गरेको भन्दै बिज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आब्हान गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ