एजेन्सी : उत्तर प्रदेशको आजमगढ जिल्लामा गत फेब्रुअरी २० तारिखमा अज्ञात समुहले एक पशु चिकित्सको गोली हानी हत्या गरेका थिए । यसबारे एक अचम्मित गरिदिने खुलासा भएको छ । पुलिसका अनुसार करेन्ट लागेको पाडोको उपचार राम्रोसँग नगरेका कारण ५९ वर्षे डाक्टर ओमनाथको हत्या गरिएको थियो । आजमगढ पुलिसले दुई अभियुक्तलाई पक्राउ गरेपछि यसबारे खुलासा भएको छ । अन्य दुईको अहिले पनि खोजी जारी छ ।
जिल्लाको मेंहनगर दौलताबादमा होम्योप्याथिक पशु औषधालय चलाउने ५९ वर्षीय ओमनाथ पाण्डेयलाई गोली हानी हत्या गरिएको थियो । पुलिसले विश्वेश्वरनाथ र अवधेशलाई पक्राउ गरेपछि यसको कारण पत्ता लागेको हो । आरोपीबाट पाएको बयानबारे जानकारी दिँदै पुलिसले भन्यो, ‘ललई नामका एक व्यक्तिको पाडोलाई करेन्ट लागेका कारण नराम्रोसँग घाइते भएको थियो । उपचारमा ओमनाथ पाण्डेय संलग्न थिए तर उनले पाडोलाई बचाउन सकेनन् ।
यसैकारण ललई यादव र डाक्टर ओमनाथबीच भनाभनका साथै मुक्कामुक्की पनि भयो । यसको बदला लिनका लागि ललई यादवले आफ्ना साथीसँग मिलेर डाक्टरको गोली हानी हत्या गरिदिए ।’ एसपी त्रिवेणी सिंहले अन्य दुई अभियुक्तलाई पनि चाँडै नै पक्राउ गरिने जानकारी दिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य