कास्कीमा त्रास: नयाँ पुल र लाहाचोकमा पनि बम !

कास्कीमा त्रास: नयाँ पुल र लाहाचोकमा पनि बम !

bomb-kaski

पोखरा, जेठ १३ । कास्कीको पोखरा सहित विभिन्न ठाउँहरुमा शंकास्पद बस्तु भेटिएका छन् । पछिल्लो जानकारी अनुसार माछापुच्छ्रे गाउँपालिकाको लाहाचोक र अन्नपूर्ण गाउँपालिका स्थित नयाँपुल नजिक धोतिखोला पुलमा शंकास्पद बस्तु भेटिएको छ ।

पोखराको सिर्जनाचोक नजिक एनसेल कार्यालय, नयाँबजार र न्यूरोडको बीचमा रहेको आईडिया केजलको गेट, अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा बम र शंकास्पद वस्तु भेटिएका छन् ।

सिर्जनाचोकको बम डिस्पोज भैसकेको छ भने नयाँबजार र नाउँडाँडामा पनि डिस्पोजको तयारी छ । चौतर्फी रुपमा शंकास्पद बस्तु भेटिएपछि पोखरा र कास्कीका नागरिक निकै त्रसित छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ