गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, १३ जेठ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओमबहादुर रानाको सरुवा भएको छ । १३ महिनापछि रानाको प्रहरी प्रधान कार्यालय, जनसम्पर्क तथा प्रचारप्रसार शाखामा सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयले आइतबार ४५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेसँगै कास्कीमा पनि एसपी फेरिएका हुन् । अघिल्लो बर्षको बैशाख अन्तिम साता राना कास्की आएका थिए । कास्कीको नयाँ प्रमुखको रुपमा दानबहादुर कार्की आउने भएका छन् । उनी हाल प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । गुल्मी घर भएका कार्की प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।
राना डिएसपी हुँदैमा रसुवा रक्तचन्दन काण्डमा बदनाम भएका थिए । उनीसँगै आरोप लागेका सैनिकका अधिकारी त जागिरबाटै बर्खास्त भएकोमा उनी भने चोखिए । कास्कीमा आउँदैमा टोले गुण्डाहरुको स्कर्टिङ र सुरक्षा भएपछि उनको आलोचना यहाँ पनि सुरु भयो । डिस्कोतिर रातिराति भेटिने भनेर पनि आलोचित बने । तर, कास्की सिल्दुजुरे घर भई नयाँबजारमा बस्दै रहेका सूर्य पाण्डेको चार वर्ष अघि शिवरात्रीको दिन हत्या भएकोमा यसअघिका ३ एसपीले गर्न नसकेको काम उनकै नेतृत्वमा भयो । रुँदै भौतारिरहेकी बृद्धा आमाले थोरै भएपनि शान्तिको श्वास फेर्न पाईन् ।
पोखरा २२ पुम्दी भुम्दीकी श्रीया बिकको हत्यारालाई २४ घन्टा नपुग्दै पक्राउ गरेपछि रानाले नेतृत्व गरेको कास्की प्रहरीको चर्चा चुलियो । यो पनि उनको लागि प्लस प्वाईन्ट बन्यो ।
तर लामाचौरको पुष्पा केसीको बलात्कार पछि हत्याको आशंका अझै कायमै छ, यसमा कास्की प्रहरीको प्रगति छैन । दानबहादुर कार्कीको अबको कार्यकाल कस्तो हुनेछ ? हेर्न बाँकी नै छ ।
४५ एसपीको सरुवा गर्दा १८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवा सूची अनुसार पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, मोरङमा विश्व अधिकरी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो