एजेन्सी – भारतको राजधानी दिल्लीस्थित गोविन्दपुरीमा शनिवार मध्यरात प्रहरीलाई एउटा कल आयो । कल गर्नेले भन्यो, ‘धेरै दिनदेखि भुइँतल्लाको एउटा बन्द कोठाबाट चर्को दुर्गन्ध आइरहेको छ । डेरावाल पनि गायब छ । बाहिरबाट ताल्चा लागेको छ ।’ यो खबर पाउनेबित्तिकै १० मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्यो ।
छिमेकीहरूबाट नम्बर पत्ता लगाएर प्रहरीले घरबेटीलाई फोन गर्यो । फोन स्विच अफ थियो । त्यसपछि प्रहरीले हत्याको आशंका गर्यो । अनि घरबेटी र डेरावालको खोजी प्रहरीले गर्न थाल्यो । रातभरि चार प्रहरीले घरबाहिर पहरा दिए । आरोपितहरूमाथि नजर राख्न र कसैलाई पनि भित्रबाट लाश लिएर कोही नजाओस् भन्न प्रहरी खटाइयो ।
बिहानसम्म घरबेटीको प्रतीक्षा गरियो । ऊ नआएमा सबैका अगाडि ताल्चा फुटाउन तयारी गरियो । प्रहरीले १० घन्टासम्म कोठाको घेराबन्दी गर्दा पूरै इलाकामा हल्लाखल्ला मच्चियो । त्यसपछिको दृश्यले चाहिँ सबैलाई हँसायो ।
प्रहरीले फोरेन्सिक टीम बोलायो । बिहान ८ बजेतिर घरबेटी सम्पर्कमा आए । उसले डेरावालले डेरा छोडिसकेको बतायो । उसले ताल्चा खोलेपछि प्रहरीको टोली भित्र पस्यो । छानबिन गर्दा त एउटा मोटो मुसा मरिरहेको भेटियो ।
मुसोको लाश सडिसकेको थियो । प्रहरीले मानिसको हत्या नभएको देखेर राहत मान्दा मानिसहरू चाहिँ हाँस्न थाले । दश घन्टासम्म प्रहरीको समय बर्बाद भएपछि उसले घरबेटीलाई कोठा सफा गर्न निर्देशन दियो र त्यहाँबाट गयो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु