एजेन्सी : २५ वर्षकी एक महिलालाई सेक्स टोयमार्फत बलात्कार गरेको आरोपमा एक १९ वर्षीया भारतीय युवती पक्राउ परेकी छिन् । अदालतले उनलाई जुडिशल कस्टडीमा तिहाड जेलमा पठाएको छ ।
घटना गत वर्ष सेप्टेम्बरको हो । यो मामलामा सीमापुरी पुलिसले तीन युवकविरुद्ध मुद्दा दर्ता गरेको थियो । तर पुलिसले अर्की आरोपी १९ वर्षकी युवतीमाथि भने मुद्दा दर्ता गरेको थिएन । सर्वोच्च अदालतले समलैंगिकता (धारा ३७७) लाई अपराधको श्रेणीबाट बाहिर निकालेको भन्दै उनी आफू पक्राउ पर्न नहुने बताएकी थिइन् ।
नर्थ ईस्टमा बस्ने पीडितका अनुसार १९ वर्षीया युवतीले आफूलाई पटक–पटक बलात्कार र कुटपिट गरिन् । जानकारीका अनुसार पीडित महिला एक व्यवसायमा लगानी गर्नका लागि मानिससँग भेटघाट गरिरहन्थिन् । यसै क्रममा उनको भेट रोहित र राहुलसँग भयो ।
भेट भएकै दिन दुबैले पीडित महिलालाई दिलशाद कोलोनीको एक अपार्टमेन्टमा पुर्याएर सामूहिक बलात्कार गरे । त्यसपछि भिडियो बनाएर पीडितलाई ब्ल्याकमेल गर्न थाले । आरोपका अनुसार १९ वर्षकी युवतीले सेक्स टोयमार्फत् पीडितलाई बलात्कार गर्थिन् । अब ती युवतीलाई बलात्कारको आरोपमा समलैङ्गिकताको आधारमा पक्राउ गरिएको छ । शाहदरा जिल्लाका पुलिस अधिकारीले यसबारे पुष्टि गरेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा