लुटपाट गर्दै गरेको अवस्थामा पक्राउ, मदिरा पिएर श्रीमतीलाई छुरा प्रहार

लुटपाट गर्दै गरेको अवस्थामा पक्राउ, मदिरा पिएर श्रीमतीलाई छुरा प्रहार

Death Dubera

काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित पैदलयात्रीको साथबाट नगद २ लाख रुपैयाँ लुटपाट गर्दै गरेको अवस्थामा उदयपुर गाईघाट नगरपालिका-७ घर भई हाल टोखा बस्ने २५ वर्षीय बसन्त परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले परियारलाई उक्त नगद लुटपाट गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

यसैगरी   ३२ वर्षीया श्रीमती ललिता लिम्बुलाई छुरा प्रहार गरेको अभियोगमा धरान उपमहानगरपालिका-१३ जानकी चोक बस्ने ३२ वर्षीय चन्द्रबहादुर लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका चन्द्रबहादुरले घरायसी विवाद हुँदा छुरा प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट  अमरहाडबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई छुरा १ थान सहित पक्राउ गरेको हो ।

छुरा प्रहारबाट घाइते भएकी ललिताको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds