एचआइभीलाई जितेर किर्तीमान राखेपछि पोखराका श्रेष्ठ शुक्रबार पहिलो पटक गृहनगर आउँदै

एचआइभीलाई जितेर किर्तीमान राखेपछि पोखराका श्रेष्ठ शुक्रबार पहिलो पटक गृहनगर आउँदै

Gopal Shrestha

पोखरा । गत जेठ ८ गते विश्वकै पहिलो पटक सगरमाथा सफल आरोहण गर्ने एचआईभी संक्रमित व्यक्तिका रुपमा रेकर्ड राख्न सफल पोखरा महानगरपालिका वडा नं ७ का ५६ वर्षीय गोपाल श्रेष्ठ आगामि शुक्रबार गृहनगर पोखरा आईपुग्ने भएका छन् ।

विगत २६ बर्षदेखि एचआईभी पोजेटिभ संक्रमित श्रेष्ठ सगरमाथाको सफल आरोहणपछि शुक्रबार प्रथम पटक गृह नगर पोखरा आउने भएका हुन् । गत चैत्र २९ गते सगरमाथा आरोहणको यात्रा सुरु गरेका श्रेष्ठले जेठ ८ गते सगरमाथाको टाकुरामा पाईला राखेर गरमाथा सफल आरोहण गर्ने एचआईभी संक्रमित व्यक्तिका रुपमा आफुलाई स्थापीत गराउन सफल भएका छन् ।

पोखरा ७ रत्नचोक निवासी श्रेष्ठ आरोहण पश्चात फर्कने क्रममा स्वास श्वास र अन्य शारिरीक समस्याका कारण एक हप्ता काठमाण्डौमै उपचार गराएपछि उनी शुक्रबार विहान १० वजे पोखरा अवतरण गर्ने स्टेप अप क्याम्पीयन अभियानका संयोजक पदमराज पहारीले जानकारी दिए । उनले भने–“यो अभियान समग्र नेपालीको हो त्यसैले हामीले गोपालको आरोहण पछिको आगमनलाई भव्य रुपले स्वागत र अभिनन्दन गर्ने तयारी गरेका छौं ।”

कठमाण्डौ विमानस्थलमा अवतरण गर्दै आरोहि श्रेष्ठले यो सफलता संसार भरका एच आई भी संक्रमित र प्रभावितहरुमा समर्पण गरेको धारणा राखे । उनले भने–“ वल्ल अभियान सुरु भएको छ गर्नु पर्ने कामहरु धेरै छ अव हामी एक भएर संसार भरका एच आई भी संक्रमितहरुलाई समाजले हेर्ने नजरिया परिवर्तन गर्न जरुरी      छ ।”
श्रेष्ठले ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशनका फूर्वा तेन्जीङ शेर्पाको नेतृत्वमा सगरमाथा आरोहण गरेका हुन । उनलाई आरोहण गराउनका लागि अनुभवी शेर्पा दाकिवा शेर्पाले निजी रुपमा जिम्मा लिएका थिए । निजी शेर्पा दाकिवाका अनुसार श्रेष्ठले कुनै पनि समस्या नदिईकन आरोहण सफल गरेको जानकारी दिए ।

उनले भने–“ गोपाल दाईमा आरोहण सँग सम्वन्धीत ज्ञान र आरोहणका लागि आवस्यक पर्ने क्षमता राम्रो    रहेछ ।” श्रेष्ठले विश्वभर छरिएर रहेका एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै ‘स्टेप अप क्याम्पियन’ अभियान मार्फत सन् २०१५ मा सगरमाथा पनि चढ्ने प्रयास गरेका थिए । तर त्यतिवेलाको विनाशकारी महाभूकम्पका कारण सफल भएका थिएनन् ।

एचआईभी र एड्ससँग सम्बन्धीत भेदभावको अन्त्य गर्ने उद्देश्यले सगरमाथा चढ्ने उनको पहिलो प्रयास विफल भएपनि यसपाली भने उनी सफल भएका हुन् । ‘अभियानले मूलतः मानिसको प्रेरणासँग दाँजेको हुन्छ,’ स्टेप अप क्याम्पियनका संयोजक पहारीले त्यसबेला भनेका थिए, ‘संक्रमित भएपनि सम्पूर्ण रुपमा आफू अन्य मानिसहरु सरह सक्षम रही राष्ट्रको नाम उचो राख्ने गोपाललाई हामी साथ दिन्छौं ।’

२५ वर्षअघि एचआईभी सक्रमण भएका ५६ वर्षीय श्रेष्ठले ‘स्टेप अप क्याम्पेन : सेकेण्ड फेज’ अभियान अन्तर्गत सगरमाथा आरोहण गरेका छन् । गोपालले सगरमाथा आरोहण गर्नुअघि सन् २०१३ मा ५,४१७ मिटर उचाइको थोराङ्ग ला पास, सन् २०१४ मा ६,१८९ मिटर उचाइको आइल्याण्ड पिकको सफल आरोहण गरिसकेका छन् । त्यस्तै सन् २०१६ मा ६,६४६ मिटर उचाइको भर्जिन पिक खाङ कार्पोको सफल आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ