फेसबुकमा ठगी गर्ने पक्राउ

फेसबुकमा ठगी गर्ने पक्राउ

facebook photo

 काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं’ फेसबुक पेजबाट ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएका हाल जुम्ला चन्दननाथ नगरपालिकामा बस्ने २६ वर्षीय रामचन्द्र भट्टराई रहेका छन् ।

उनले उक्त पेजमार्फत् काठमाडौं उपत्यकाका विभिन्न मुख्य स्थानहरूमा रुम तथा फ्ल्याटहरू खाली छन् भन्दै सेवा शुल्कबापत १५ सयदेखि चार हजारसम्म लिने गर्दै आएका थिए । उनले आफ्नो आइएमइ पे वालेट र इसेवा आइडीमा जम्मा गर्न लगाइ रकम जम्मा भएलगत्तै सम्पर्कविहीन भई ठगी गर्दै आएका  थिए ।

हालसम्म उनले दुई सय ५० जनालाई ठगी गरेको प्रहरीले बताएको छ।उनलाई सोमबार पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको बताइएको छ । उनको साथबाट एकर कम्पनीको ल्यापटप एक थान, डेल लेखेको कालो झोला एक थान, विभिन्न कम्पनीको मोबाइल दुई थान, पेन ड्राइभ एक थान, भिन्न बैंकको एटिएक कार्ड ५ थान बरामद भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds