लमजुङ । लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका–३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनिल साँखीको सोमबार साँझ परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
मृतक साँखी दिउँसो ४ बजेतिर धानको बीउ राख्नका लागि घरबाट करीब पाँच किलोमिटर टाढाको खेतमा गएको र राति अबेरसम्म पनि घर नर्फकिएपछि खोजतलास गर्दा मृतावस्थामा भेटिएपछि प्रहरीलाई जानकारी आएको प्रहरीले जनाएको छ ।
खबरलगत्तै भोर्लेटार इलाका प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल पुगेको थियो । साँखीको कपाल, पेट, शरीरमाथिको कपडाको केही भाग डढेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए ।
उनका अनुसार शव परीक्षणका लागि तनहुँस्थित दमौली अस्पतालमा लगिएको छ । मृतक साँखीले ११ कक्षाको परीक्षा दिएर बसेका थिए ।
This will close in 3 seconds
सम्बन्धित खबर
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
कुवामा पानी भर्न गएकी लीलादेवीको रुखले किचेर मृत्यु
पर्यटक लोभ्याउन लमजुङमा ‘परेवा जोडी’
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग