लमजुङको सुन्दरबजार नगरपालिका ‘पूर्ण खोप दीगोपना नगर’ घोषणा

लमजुङको सुन्दरबजार नगरपालिका ‘पूर्ण खोप दीगोपना नगर’ घोषणा

purna khop nagar ghosana (2)

श्यामशितल परियार, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकालाई ‘पूर्ण खोप दीगोपना नगर’ घोषणा गरिएको छ । नगरपालिकाभित्र रहेका ११ वटै वडाका सम्पूर्ण बालबालिकाले आवश्यक सम्पूर्ण खोप पाइसकेको दावी गर्दै मंगलबार नगरपालिकालाई ‘पूर्ण खोप दीगोपन नगर’ घोषणा गरिएको हो ।

नगरपालिकामा रहेका १६ महिनादेखी २३ महिना उमेर समहूका ३ सय १७ जना बालबालिकाले आवश्यक खोप पाइसकेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामेश्वर सेढाइँले जानकारी दिए ।  उनको अनुसार नगरपालिकामा जन्मेदेखी १५ महिनासम्मका ४ सय ४३ जना र १६ महिनादेखी २३ महिनासम्मका ३ सय १७ गरी नगरपालिकामा कुल ७ सय ६० बालबालिका रहेका छन् ।

विभिन्न चरणमा बालबालिकाहरुले इसिजी, डिपिटी, हेपाटाईटिस बि, पोलियो, सिभी, जेइ, एमआर, आइपिभी लगायतका आवश्यक सम्पूर्ण खोप पाइसकेको उनले बताए । ‘नगरपालिकामा रहेका सबै बालबालिकाले आवश्यक खोप पाएसंगै सुन्दरबजार नगरपालिकालाई पूर्ण खोप दीगोपना नगर घोषणा गरिएको हो,’ उनले   भने ।

नगरपालिकाका प्रमुख जनकराज मिश्र, स्वास्थ्य शाखा कार्यालय लमजुङका प्रमुख केशवप्रसाद चापागाइँ, खोप सुपरभाइजर अधिकृत कृष्णप्रसाद पोखरेल, सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण पाण्डेय लगायतले ‘पूर्ण खोप दीगोपन घोषणा’ कार्यक्रममा मन्तव्य राख्दै नगरपालिकामा रहेका सबै बालबालिकाले आवश्यक सम्पूर्ण खोप पाएकोमा खुशी व्यक्त गरे ।

‘पूर्ण खोप दीगोपन घोषणा’ कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मीका, महिला स्वास्थ्य स्वयमसेविका लगायत सरोकारवालाको सहभागिता रहेको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक निर्मल अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ