अनौठो संस्कार : जहाँ बिहे नभएको युवकको रामधुलाई गरिन्छ

अनौठो संस्कार : जहाँ बिहे नभएको युवकको रामधुलाई गरिन्छ

kutkutara

विश्वका केही ठाउँहरुमा यस्ता छन् जहाँ सदियौंदेखि अनौठा तथा रोचक परम्पराहरु प्रचलनमा रहेका छन् । भारतको राजस्थानमा एउटा यस्तै निकै अनौठो परम्परा रहेको छ । राजस्थानको एउटा समुदायमा यस्तो परम्परा छ, जहाँ बिहे नहुने पुरुषमाथि जोडतोडसँग कुटपिट गरिन्छ ।

राजस्थानको जोधपुर सहरमा उक्त परम्परा वर्षौंदेखि चलिरहेको छ । जसअनुसार जब कुनै युवकको बिहेमा कुनै प्रकारको बाधा उत्पन्न हुन्छ वा बिहे हुन सक्दैन, तब त्यस्तो युवकलाई उसका घर परिवारले रामधुलाई गर्दछन् ।आफ्नो बिहे नभएर चिन्तामा परेको युवकमाथि आफ्नै घर परिवारले आखिर किन राम धुलाई गर्दा हुन् ? यसको कारण निकै रोचक छ ।

अझ रोचक त के भने अविवाहित युवकलाई कुटपिट गर्नेचाहिँ घरका विवाहित महिलाहरु नै हुन्छन् । यसरी घरका भाउजू, आमा तथा अन्य विवाहित महिलाहरुले कुटपिट गर्नाले त्यो अविवाहित युवकको अर्को साल बिहे हुन्छ भन्ने मान्यता छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ