गणतन्त्र दिवस : राष्ट्रपति भण्डारीले ४३४ कैदीलाई माफी दिईन्

गणतन्त्र दिवस : राष्ट्रपति भण्डारीले ४३४ कैदीलाई माफी दिईन्

Bidya_Devi_Bhandari_President_rastrapati

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा चार सय ३४ कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छिन् । माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिशमा माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

असल चालचलन भई कैद सजाय छोट्याउनयोग्य र उपयुक्त देखिएकालाई नेपालको संविधानको धारा २ सय ७६ बमोजिम माफी दिने गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख   छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ