निर्माण सुरु भएको ९ बर्ष बितिसक्दा पनि पुल बनेन, ढलान गर्दा गर्दै भत्कियो

निर्माण सुरु भएको ९ बर्ष बितिसक्दा पनि पुल बनेन, ढलान गर्दा गर्दै भत्कियो

pull

झाप । झापाको मेची नगरपालिका १२ स्थित हडियाँ खोलामा ९ वर्ष अघिबाट निर्मण सुरु गरिएको पुल निर्माणकै क्रममा भत्किएको छ । ५ करोड ८७ लाख ५३ हजारको लागतमा मैनाचुली र लामा निर्माण कम्पनीले संयुक्त रुपमा निर्माण सुरु गरेको पुल यत्तिका वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुनुको साटो निर्माणाधीन अवस्थामै भत्किएको छ ।

वि.सं २०६७ सालमा २ बर्षमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु भएता पनि ४ पटकको म्याद थप हुँदा समेत निर्माण कार्य सम्पन्न हुन नसकेको हो । पछिल्लो समय थप भएको म्याद सम्पन्न भएपनि गुणस्तरहीन सामाग्रीको प्रयोग र प्राबिधिकको लापरबाहीका कारण पुल पुनः भत्किएको छ ।

निर्माण व्यवसायीको उच्चपदस्त राजनीतिक व्यत्तिसँगको संरक्षण पाएकाले सम्झौता अवधिभन्दा ७ वर्ष धेरै समय थप गर्दा समेत पुल निर्माण नगरेको स्थानीयको भनाइ छ । गत आइतबार ढलान गर्दागर्र्दै अचानक पुल भत्किएपछि निर्माण कार्य अझै केही वर्ष लम्बिने पक्का भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ