राष्ट्रपति–प्रधानमन्त्री सवारीमा सडक जाम ! सिट्ठी फुकेर नागरिकले गरे प्रतिकार

राष्ट्रपति–प्रधानमन्त्री सवारीमा सडक जाम ! सिट्ठी फुकेर नागरिकले गरे प्रतिकार

road_horn_ktm-3

काठमाडौँ – नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष लागेको छ बुधबारदेखि । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरि गणतन्त्रको घोषणा गरेको थियो । सोही दिनको स्मरणमा बुधबार गणतन्त्र दिवस मनाईँदै छ ।

दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम भएको छ, जसमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रतिनिधिसहिको उपस्थिति रह्यो ।

कार्यक्रममा सहभागी हुन आउने क्रममा राष्ट्रपति र प्रधानमन्त्रीको सवारीका लागि सर्वसाधारणको आवतजावतमा रोक लगाइएको विरोधमा प्रदर्शन भएको छ । सर्वसाधारणले सिट्ठी बजाएर विरोध गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ