काठमाडौँ – लोकसेवा आयोगले स्थानीय तहका लागि नौ हजार कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । आयोगले बुधबार स्थानीय तहमा रिक्त रहेका पदहरु पदपूर्ती गर्न प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल नौ हजार एक सय ६१ जनाका लागि आवेदन माग गरेको हो ।
लोक सेवा आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको छ । प्रकाशित सूचनामा प्रत्येक गाउँपालिका, नगरपालिका छुट्टछ्ट्टै रुपमा पदपूर्ती हुने गरी सूचना निकालेको हो ।
आयोगका अनुसार असार ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । दरखास्त दस्तुरका लागि तह ६ का लागि खुला १००० रुपैयाँ र समावेशी थप ४०० रुपैयाँ, तह ५ का लागि खुला ४०० र समावेशी रु २००, तह ४ का लागि खुलाका लागि रु ३०० समावेशीका लागि १५० तोकिएको छ ।
आयोगका अनुसार तह ४ र ५ का लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र तह ६ का लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, महिला तथा अपांगको हकमा ४० वर्ष नकटेकाले आवेदन दिन सक्नेछन् ।
संक्षिप्त विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्
विस्तृत विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्
अनलाइन आवेदन दिन यहाँ क्लिक गर्नुहोस्




सम्बन्धित खबर
सरकार र जेन-जीबीच सम्झौतापत्रमा हस्ताक्षर [सहमतिको पूर्णपाठ]
बालबालिकाको प्रतिभा पहिचान गरी प्रेरित गर्न जरुरीः प्रदेश प्रमुख भट्ट
सर्वोच्चले पुनर्बहाली गरेपछि शाक्यले सम्हाले प्राधिकरणमा कार्यकारी निर्देशकको पद
बहुविवाह कसुरमा डीएसपी नेपाल पक्राउ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की
जेनजी र सरकारबीच सम्झौताको ड्राफ्ट तयार, बुधबार हस्ताक्षर गर्ने तयारी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला