‘केपी ओलीजस्तो घमण्डी प्रधानमन्त्री विश्वको कुनै मुलुकमा छैन’

‘केपी ओलीजस्तो घमण्डी प्रधानमन्त्री विश्वको कुनै मुलुकमा छैन’

Congress_ganatantra_prgrm-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले प्रधानमन्त्री केपी शर्मा ओलीजस्ता घमण्डी प्रधानमन्त्री विश्वका कुनै पनि मुलुकमा नभएको टिप्पणी गरेकी छिन् ।

बुधबार शान्तिवाटिकामा लोकतन्त्र दिवसको अवसरमा आयोजित ‘कार्यकर्ता भेला तथा सम्मान कार्यक्रम’ मा कोषाध्यक्ष यादवले प्रधानमन्त्री ओलीलाई घमण्डी प्रधानमन्त्रीको संज्ञा दिइन् ।

“केपी ओली जस्तो घमण्डी प्रधानमन्त्री कुनै देशमा छैन । यिनले कसैलाई मान्छे नै होइन जस्तो गरी व्यवहार गर्दछन्,’’ प्रधानमन्त्री ओलीका बेला–बेलाका अभिव्यक्ति र संसदमा देखाएका व्यवहारहरु स्मरण गर्दै उनले भनिन् ।

कोषाध्यक्ष यादवले सरकारले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन नसक्दा महिलाहरुको अस्मिता संकटमा परेको बताइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds