गोरखा– नेपाल मुस्लिम सङ्घले मुस्लिम धर्मावलम्बीहरुको इद पर्वका अवसरमा सार्वजनिक विदा दिन माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै सङ्घका केन्द्रीय अध्यक्ष अब्दुल सतारले यसअघि दिँदै आएको बिदा कटौती फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन् ।
मुस्लिम समुदायको पहिचानलाई स्थापित गर्ने सार्वजनिक बिदा कटौतीले मुस्लिम धर्मावलम्बीलाई चोट पुगेको भन्दै इद पर्वमा बिदा दिन माग गरे । ‘रमजान तथा बकरइद जस्ता मुस्लिम धर्मालम्बीको पर्वमा दिने बिदाले नेपालका सबै समुदायले मुस्लिम धर्मावलम्बीहरुको संस्कृतिलाई बुझ्ने अवसर प्राप्त भएको थियो, उनले भने, ‘अहिले बिदा कटौती हुँदा पहिचान खोसिएको अनुभूति भएको छ । अध्यक्ष सतारले यही महिनाभित्र पर्ने इद पर्वमा सार्वजनिक बिदा दिन माग गर्दै प्रदेश सरकार र सङ्घीय सरकारको ध्यानाकर्षण गराइसकेको बताए ।
‘इदलाई एउटा धर्मसँग मात्र नगाँसेर नेपालको संस्कृति हो भन्ने बुझ्नु जरुरी छ’, अध्यक्ष सतारले भने, ‘यसको जगेर्ना गर्न सकिएन भने हामीले पहिचानको जगेर्ना गर्न सकिँदैन ।’ ‘धार्मिक हिसाबले मुस्लिम समुदाय नेपाल तेस्रो ठूलो धार्मिक समुदाय हो’, अध्यक्ष सतारले भने, ‘मुस्लिम समुदाय मात्र होइन धर्म समुदाय र धर्मालम्बीहरुले संस्कृति र पहिचानलाई जगेर्ना गर्ने खालका धार्मिक बिदाहरु कटौती गरिनु हुँदैन ।’
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु