सरकारले पेट्रोल र डिजलमा प्रतिलिटर थप एक रुपैयाँ कर बढायो, पूर्वाधार कर ६ रुपैयाँ पुग्यो

सरकारले पेट्रोल र डिजलमा प्रतिलिटर थप एक रुपैयाँ कर बढायो, पूर्वाधार कर ६ रुपैयाँ पुग्यो

3 hajar brid vatta

काठमाडौं। सरकारले सडक मर्मतका लागि पेट्रोल र डिजेल लिटरमै थप १ रुपैयाँ शुल्क लिने भएको छ। बुढीगण्डकी जलविद्युत आयोजनाका लागि यसअघि प्रति लिटर पाँच रुपैयाँ लिइँदै आएकोमा अब एक रुपैयाँ थपिएको हो।

यो रकम सडक मर्मतमा खर्च हुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। खतिवडाले बजेट वक्तव्यमार्फत यो घोषणा गरेका हुन्। यो रकम उपभोक्तालाई व्ययभार थपिन्छ।नेपाल आयल निगमले स्वचालित मूल्य कार्यान्वयनमा ल्याएकोले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य घटबढ हुन्छ।

निगमका एक अधिकारीका अनुसार तत्कालै मूल्य नबढेपनि सरकारलाई दिने पैसा उपभोक्ताबाटै उठाउने हो।‘बुढीगण्डकीका लागि लिइएको पैसा पनि उपभोक्ताबाटै उठाइएको छ। यो पनि उपभोक्तालेनै तिर्ने हो’ निगमका ती अधिकारीले भने। सरकारले यो वाहेक सडक मर्मतसंम्भार कर भन्दै पेट्रोलमा चार रुपैयाँ र डिजलमा दुई रुपैयाँ लिदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ