काभ्रे : बलात्कारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सोही घटनाका अर्का अभियुक्त शिक्षक फरार छन् । महाभारत गाउँपालिका–२ मा अवस्थित कालिदेवी प्राथमिक विद्यालयका शिक्षकद्वय रामेश्वर राम र रामजी दासले आफ्नै विद्यार्थीलाई बलात्कारको प्रयास गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले रामेश्वर रामलाई पक्राउ गरेको हो । अर्का शिक्षक रामजी दास फरार भएका हुन् ।
जेठ ९ गते माहाभारत गाउँपालिका–८ घर्तिछापमा भएको अध्यक्ष रनिङ सिल्ड प्रतियोगितामा भाग लिन आएका विद्यार्थीहरुमाथि शिक्षकहरूले अनैतिक तथा अभद्र व्यवहार गरेको भन्दै पीडित विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दीपक रायका अनुसार कार्यक्रम सम्पन्न गरी घर फर्कने क्रममा बास बसेकै ठाउँमा ती शिक्षकले ४ जना छात्रामध्ये एक छात्रालाई बलात्कारको प्रयास गरेको भन्दै उजुरी आइतबार पीडित विद्यार्थीसहित अविभावकले जाहेरी दिएका थिए ।
पक्राउ परेका शिक्षक रामेश्वर रामलाई बाल यौन दुरुपयोग आरोपमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको रायले बताए । फरार शिक्षक रामजी दासको खोजी भइरहेको पनि उनले बताए ।
विदार्थीहरूलाई यौन दुव्र्यवहार गरेको भन्दै विद्यालय व्यवस्थापन समितिको बैठक बसी शिक्षकद्वय रामेश्वर राम र रामजी दासलाई बर्खास्त गरेको प्रधानाध्यापक सुनील सारुले बताएका छन् । पक्राउ परेका शिक्षक रामेश्वर राम चक्रघट गाउँपालिका–७, सर्लाहीका हुन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ