रिसिबी साध्न बालकको अपहरण गरी हत्या, गोली हानेर अपहरणकारी पक्राउ

रिसिबी साध्न बालकको अपहरण गरी हत्या, गोली हानेर अपहरणकारी पक्राउ

birganja2_20190529064522

वीरगन्ज : वीरगन्ज महानगरपालिका-३ प्रगतिनगरबाट गत शुक्रबार अपहरित एक बालकको हत्या भएको छ।स्थानीय शम्भु साहका छोरा ८ वर्षीय करण साहको अपहरणपछि हत्या भएको हो। वीरगन्जबाट अपहरित बालक करणको शव, बाराको कलैया उपमहानगरपालिका-२५ मा पर्ने खौरहीस्थित खोलामा हत्या गरी फालिएको अवस्थामा बुधबार बिहान २ बजे भेटिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

करणको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतमा स्थायी घर भइ वीरगन्जको प्रगतिनगरमा डेरा गरी बस्दै आएका २० वर्षीय विकाश शर्मा, बाराको कलैया उपमहानगरपालिका- ११ का २१ वर्षीय सिकेन्द्र साह तेली र बाराको खपरपाता निवासी २० वर्षीय रामविनेश महतो रहेका छन्।

गत शुक्रबार बिहान आफ्नै घर अगाडी खेलिरहेका करण बेपत्ता भएका थिए।बालक बेपत्ता भएकै दिन बेलुकी ९ बजेर २१ मिनेटमा नचिनेको मान्छेले बालकका बुवा शम्भुलाई फोन गरी ३० लाख रुपैयाँ फिरौती मागेका थिए।

प्रहरीका अनुसार, बालकको अपहरणपछि अपहरणकारीले सुरुमा ३० लाख फिरौती मागेको तर परिवारका सदस्यले त्यति रकम दिन नसक्ने भनेपछि ५ लाख दिने सहमत भएको थियो। तर, फिरौती रकम दिएपछि मात्रै बालक फिर्ता दिने अडान अपहरणरीले लिएपछि शम्भुले प्रहरीलाई खबर गरेका थिए।

शम्भुले प्रहरीलाई खबर गरेपछि बालकको खोजीमा जुटेको जिल्ला प्रहरी कार्यालय पर्सा र  बाराको संयुक्त टोलीले बालकको अपहरण र हत्यामा संलग्न तीनैजनालाई मङगलबार नियन्त्रणमा लिएको थियो। पक्राउ परेका तीनै जनासँग प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुले करणको कलैया उपमहानगरपालिका-२५ को खौरहीस्थित खोलामा हत्या गरी शव फालेको बयान दिएका थिए।

त्यसपछि तीनजनालाई लिएर प्रहरी घटनास्थल गएको थियो। बुधबार बिहान २ बजेतिर प्रहरी पुग्दा बालकको शव भेटिएको थियो। त्यसबेला प्रहरीलाई नै झुक्याई अपरहरणकारी मध्येका विकास र सिकेन्द्र भाग्न खोजेपछि प्रहरीले चार राउण्ड गोली हानेर दुवैलाई पुन: नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

प्रहरीले चलाएको गोली विकास र सिकेन्द्र खुट्टामा लागेको छ। दुवैजनाको कलैया अस्पतालमा उपचारपछि थप उपचार वीरगन्जको नारायणी अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

शम्भुको घर नजिकै डेरा गरी बस्दै आएका विकास अपहरण र हत्याको मुख्य योजनाकार रहेको प्रहरीले दावी गरेको छ।
बालकका बुवा शम्भुसँग विकासको केही समय पहिले समान्य विवाद भएको र त्यही रिसबी साध्नका लागि बालकको अपहरण गरेर फिरौती असुल्न अपहरण गरी हत्या गरेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

‘रिसिबी साध्न अहपरण गरेकै केही बेरमा उनीहरुले करणको हत्या गरिसकेको बुझिएको छ, प्रहरी उपरीक्षक ढकालले भने, ‘अपहरण गरेकै बेला करणको रकर्ड गरेको भ्वाइस् फोनमार्फत बालकका बुवा शम्भुलाई सुनाएर ३० लाख रुपैयाँ फिरौती मागेको अनुसन्धानबाट खुलेको छ । annapurnapost.

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ