सरकारले संविधान निर्माणमा योगदान पुर्याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट विभूषण गर्दैछ । गणतन्त्र दिवसको अवसरमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विषेश कार्यक्रम आयोजना गरी संविधानसभा पदक वितरण गरिरहेकी छन् । पदक वितरण बेलुका ५ बजेसम्म जारी रहनेछ ।
संविधान सभा पदक पाउनेहरु २०६४ र २०७० मा भएका दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासद छन् । पदक पाउनेमध्ये एक नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीकै नाम छ । राष्ट्रपतिपछि प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरूलगायतको नाम वरियताका आधारमा राखिएको छ ।
हाल प्रतिबन्धित ’विप्लव’ नेतृत्वको नेकपाका तीन नेताले पनि यो पदक पाउने भएका छन् । विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा, सन्तोष बुढा मगर र उमा भुजेल पदक पाउने सुचीमा छन् । पदक वितरण कार्यक्रम बिहीबार बिहान सुरु भएर अपराह्न ५ बजेसम्म चल्ने राष्ट्रपति कार्यालयले जनाएको छ । पदक पाउनेको सुचीमा भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्रीद्वय टेकप्रसाद गुरुङ र बद्री न्यौपाने पनि रहेका छन् ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट