पोखराको होटलमा सिंगापुरका नागरिक मृत भेटिए

पोखराको होटलमा सिंगापुरका नागरिक मृत भेटिए

pokhara death hotel

पोखरा । सिंगापुरका एक पर्यटक नागरिक पोखराको लेकसाइडस्थित होटल ह्वाइट पर्लमा मृत भेटिएका छन्। बिहीबार बिहान नेपाल भ्रमणमा आएका ६६ वर्षीय कोस्चेङ टेक (पासपोर्ट नं ई४९३६९६०ए)  मृत भेटिएका हुन् ।

यही जेठ ६ गते ७ जनाको टोलीसहित नेपाल भ्रमणमा आएका टेक बुधबार पोखराको लेकसाइडस्थित होटल ह्वााइट पर्लमा श्रीमतीसहित बसेका थिए। बिहीबार बिहान साढे ७ बजेसम्म पनि नउठेपछि श्रीमती पीएनजी पेकले उनलाई उठाउन खोज्दा बेहोस अवस्थामा भेटिएपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका लागि पु¥याइएको थियो ।

अस्पताल पु¥याउनासाथ उनलाई डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले मृत्युको कारण नखुलेको र घटनाका सम्बनधमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ