एजेन्सी । अहिले जताततै बलात्कारका घटना बढिरहेका छन् । आफ्नो सुरक्षा महिलाको अहिले आएर पहिलो आवश्यक्ता बनिसकेको छ । तर छिमेकी भारतमा भने एक छात्राले बलात्कारबाट बचाउन सहयोग गर्ने नयाँ खालको पेन्टीको आविष्कार गरेको जनाईएको छ ।
भारतको उत्तर प्रदेश घर भएकी १९ वर्षीया सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’को आविष्कार गरेको खबरले उनी चर्चामा रहेकी छन् ।पेशाले बीएस्सीकी छात्रा रहेकी उनले आफ्नै समाजमा बलत्कारका घटना बढ्दै गएको खबरले यस्तो खालको पेन्टीको आविश्कार गर्न सफल भएको जानकारी गराईन । उनका अनुसार यो अरु साधारण पेन्टीभन्दा फरक किसमको रहेको छ। बलात्कारबाट बाँच्नको लागि त्यसमा विद्युतीय सामग्री र प्रविधिको प्रयोग गरिएको जनाइएको छ ।
पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डको सहयोगबाट मात्र खुलाउन सकिने छ । त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जडान गरिएको छ, जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लागाउन सकिने छ । त्यस्तै, पेन्टीमा जडान गरिएको रेकर्डर डिभाइसको मदतले घटनास्थल वरिपरिको आवाजहरूलाई पनि रेकर्ड गर्नसक्ने जनाईएको छ ।
उत्तर प्रदेशको फरुर्खाबाद जिल्लाको एक साधारण परिवारकी सिनुले दिनहुँ घट्ने बलात्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताएकी छन् । उनले बनाएको पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ । जसलाई चक्कु वा ब्लेटले काट्न नसकिने तथा कपडा जलाउन नसकिने बताईएको छ । पेन्टीमा एउटा बिशेष प्रकारको बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं. मा स्वचालित रूपमा फोन जानसक्ने प्रविधीको प्रयोग गरिएको छ । आफ्नो एक महिना लामो प्रयासपछि करिब पाँच लाख भारुको लागतमा यो पेन्टीको आविश्कार गर्न आफु सफल भएको उनले जानकारी गराएकी छिन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?