पोखरा । पोखराको खुल्ला आकाशमुनि १४ देशका ५ हजार युवाहरुले आउँदो ५ दिन बिताउने भएका छन् । नेपाल स्काउटको आयोजनामा आजदेखि सुरु हुने प्रथम राष्ट्रिय रोभर मुटका सहभागिहरुले टेण्ट र त्रिपालको भरमा फेवाताल किनारको कोमागाने पार्कमा ५ दिन बिताउने भएका हुन् ।
नेपालसहित १४ देशका १६ देखि २५ बर्ष उमेर समुहका युवाहरुले ५ दिन बिताउने भएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए । युवा लक्षित विभिन्न छलफल, गोष्ठी, सहासिक खेल गतिविधि रक क्लाइम्बिङ, नेट क्रलिङ, ब्यालेन्सिङ बडी, स्विङ बोर्ड, रोप क्रसिङ, टाइगर जम्प, टायल वाल, आर्चरी, याफ्ट बोटिङ, जस्ता खेल संचालन गरिने संयोजक भण्डारीले जनाए ।

कार्यक्रम बारे जानकारी दिन बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलन
सहभागीहरुलाई टेण्ट र त्रिपालमा आवासिय सहितको सुविधा उपलब्ध गराइएको छ । त्यसका लागि प्रति सहभागिबाट ३ हजार ५ सयका दरले शुल्क लिइएको भण्डारीले बताए । कार्यक्रममा नेपालसहित, भारत, बङ्गलादेश, जोर्डन, हङकङ,अमेरीका, फिलिपिन्स, बेलायत, मलेसिया, थाईल्याण्ड, युगाण्डा, ताइवान, इजिप्ट र लग्जमवर्ग गरी १४ देशका प्रतिनिधि सहभागि हुनेछन् ।
कार्यक्रममा नेपालका सातै प्रदेश भित्रका ७ सय ५३ स्थानीय तहका युवायुवतीको सहभागिता हुनेछन। यो कार्यक्रमले पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ । युवा युवतीहरूको शारीरिक, बौद्धिक, सामाजिक पक्षहरुको विकास गराई उनीहरुमा रहेको क्षमता प्रस्फुटन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । यसले गर्दा उनीहरुलाई समाज विकासको अभियानमा सरिक गराउन सकिने आयोजकको विश्वास छ ।
सम्बन्धित खबर
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
नागरिक समाजले पोखराबाट राष्ट्रपतिलाई पठायो पत्र- जेनजीको प्रभावकारी उपस्थितिका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्छ
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
जेनजी आन्दोलनमा बाइक जलाइएपछि देउसीभैलो खेलेरै किने प्रहरीले
आरजु विष्ट ‘सल्यानी’ लाई गीतकार सम्मान, गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत
यो पनि पढौँ
पोखरा सहकारीमा झण्डै एक अर्ब हिनामिना: अध्यक्ष, प्रबन्धकसहित ७ जना पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल