पोखरा । पोखराको खुल्ला आकाशमुनि १४ देशका ५ हजार युवाहरुले आउँदो ५ दिन बिताउने भएका छन् । नेपाल स्काउटको आयोजनामा आजदेखि सुरु हुने प्रथम राष्ट्रिय रोभर मुटका सहभागिहरुले टेण्ट र त्रिपालको भरमा फेवाताल किनारको कोमागाने पार्कमा ५ दिन बिताउने भएका हुन् ।
नेपालसहित १४ देशका १६ देखि २५ बर्ष उमेर समुहका युवाहरुले ५ दिन बिताउने भएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए । युवा लक्षित विभिन्न छलफल, गोष्ठी, सहासिक खेल गतिविधि रक क्लाइम्बिङ, नेट क्रलिङ, ब्यालेन्सिङ बडी, स्विङ बोर्ड, रोप क्रसिङ, टाइगर जम्प, टायल वाल, आर्चरी, याफ्ट बोटिङ, जस्ता खेल संचालन गरिने संयोजक भण्डारीले जनाए ।

कार्यक्रम बारे जानकारी दिन बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलन
सहभागीहरुलाई टेण्ट र त्रिपालमा आवासिय सहितको सुविधा उपलब्ध गराइएको छ । त्यसका लागि प्रति सहभागिबाट ३ हजार ५ सयका दरले शुल्क लिइएको भण्डारीले बताए । कार्यक्रममा नेपालसहित, भारत, बङ्गलादेश, जोर्डन, हङकङ,अमेरीका, फिलिपिन्स, बेलायत, मलेसिया, थाईल्याण्ड, युगाण्डा, ताइवान, इजिप्ट र लग्जमवर्ग गरी १४ देशका प्रतिनिधि सहभागि हुनेछन् ।
कार्यक्रममा नेपालका सातै प्रदेश भित्रका ७ सय ५३ स्थानीय तहका युवायुवतीको सहभागिता हुनेछन। यो कार्यक्रमले पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ । युवा युवतीहरूको शारीरिक, बौद्धिक, सामाजिक पक्षहरुको विकास गराई उनीहरुमा रहेको क्षमता प्रस्फुटन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । यसले गर्दा उनीहरुलाई समाज विकासको अभियानमा सरिक गराउन सकिने आयोजकको विश्वास छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार