पोखरा । पूर्वमन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीका स्मृतिमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना भएको छ ।
प्रतिष्ठान तदर्थ समितिका अध्यक्षमा नेता अधिकारीकी पत्नी विद्या भट्टराई, उपाध्यक्षमा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा र महासचिवमा धनराज आचार्य रहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १८ गते प्रतिष्ठानको औपचारिक घोषणा गर्ने जनाइएको छ ।
पोखरामा बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठान तदर्थ समितिका अध्यक्ष भट्टराईले जनताका नेता अधिकारीको विचार र राष्ट्रका लागि उनले पुर्याएको योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठान स्थापना गरिएको बताए । उनले विकास, राजनीति र संस्कृतिको अनुसन्धानमा जोड दिने, विश्वविद्यालय स्थापना गर्ने तथा प्राविधिक क्षेत्रमा मानव स्रोत संसाधनको विकास गर्न प्रतिष्ठान लागिरहने जानकारी पनि दिए ।
प्रतिष्ठानका उपाध्यक्ष थापाले अन्य प्रतिष्ठानभन्दा रवीन्द्र अधिकारी प्रतिष्ठान फरक रहने र यसले अधिकारीको नामलाई जनजनमा चिरस्थायी बनाउने बताए । प्रतिष्ठानका महासचिव आचार्यले प्रतिष्ठान गैरनाफामूलक संस्था रहने र यसमा तीन किसिमका सदस्यता रहने जानकारी दिए।
साधारण सदस्यका लागि रु पाँच सय र आजीवन सदस्यका लागि रु पाँच हजार तथा विशिष्ट सदस्यका लागि रु एक लाख शुल्क लाग्ने बताइएको छ । युवा नेता अधिकारीको पाथीभरा क्षेत्रमा हवाई दुर्घटनामा परी गत फागुन १५ गते ५० वर्षका उमेरमा निधन भएको थियो ।

सम्बन्धित खबर
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखराको र्यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो
अधिकारी समाजको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
आमा समूहका लागि माईन्यूट लेखन तालिम सम्पन्न
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ