महोत्तरी । मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । २० वर्षीया विमलादेवी यादवको हत्यामा माइती पक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुबा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । मंगलबार विमलाको शंकास्पद मृत्यु भएको थियो ।
विमलादेवी यादवका श्रीमान र परिवारले दाइजोका लागि हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । माइती पक्षले विमलाका श्रीमान, सासु, ससुरा र नन्दहरु मिलेर हत्या गरेको प्रहरीमा जाहेरी दिएका छन् । जाहेरी परेपछि विमलाका श्रीमान र ससुरा पक्राउका हुन्।
सासु र नन्दहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । विमलाका बुवा कमलेश यादवले तीन वर्ष पहिले छोरीको विहे गर्दा पाँच लाख नगद, सुनचाँदीलगायत सबै सामान दिए पनि ज्वाईले मोटरसाइकल माग गर्दै आएको बताए । ६ सन्तान भएकाले जेठी छोरीकै विवाहमा धेरै ऋण गर्न असमर्थ भएर मोटरसाइकल दिन नसकेको उनले बताए ।
विमलाका बुवा कमलेश यादवले तीन वर्ष पहिले छोरीको विहे गर्दा पाँच लाख नगद, सुनचाँदीलगायत सबै सामान दिए पनि ज्वाईले मोटरसाइकल माग गर्दै आएको बताए । ६ सन्तान भएकाले जेठी छोरीकै विवाहमा धेरै ऋण गर्न असमर्थ भएर मोटरसाइकल दिन नसकेको उनले बताए । ‘मोटरसाइकलका नदिएको भनेर कुटपिट गरेको छोरीले भन्दै आएकी थिइन,’ उनले भने, ‘ज्वाई र उनका ससुराले कुटपिट गरिहन्थे । त्यहि कारणले छोरीका हत्या गरेका हुन् ।’
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले घटना शंकास्पद रहेको बताए । थप अनुसन्धान र पोष्टमार्टम रिपोर्ट आएपछि वास्तविकता खुल्ने उनले बताए ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
पोखरामा सेती ड्यामबाट खसेर डब्लूआरसी पढ्ने २१ वर्षीय संगमको मृत्यु
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
चर्को आलोचना भएपछि एनसेलले सुटुक्क पहिले जस्तै बनायो रिचार्जको म्याद
हराएको एक हप्तापछि जंगलमा मृत भेटिए किशोरकिशोरी