चितवन : चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाएर भत्काउने प्रकाश कडेँललाई नेकपा चितवनले पार्टी सदस्यबाट निलम्बन गरेको छ। नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजितले आज वक्तव्य जारी गर्दै उनलाई सदस्यबाट निलम्वन गरी कारवाही गरिएको जानकारी दिएका छन्। अर्का सदस्य भैरव बस्ताकोटीलाई भने २ महिनाको लागि निलम्बन गरिएको छ।

प्रकाश कडेँललाई प्रहरीले गयराति नै प्रक्राउ गरेको छ। बुधबार कडेँलको नेतृत्वमा गएको समूहले डोजर लगाएर बार भत्काएको थियो ।
नेकपाले घटनामा संग्लन्नलाई कानुनी कारवाही गरी क्षतिपूर्ति भराउन वक्तब्यमार्फत माग गरेको छ। गत स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यात्नेमध्ये कडेँल पनि एक थिए ।
यसैबीच रङ्गशाला निर्माणस्थलमा काम गर्ने वातावरण सिर्जना नभईन्जेल निर्माण स्थगित गरिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । आयोजना सुरु भएदेखिनै विभिन्न अनुचित माग राखि कर्मचारीलाई धम्क्याउँदै आएको भएपनि बेवास्था गर्दै आएको तर बारसमेत भत्काएर निर्माणमा अवरोध सिर्जनामा भएकाले सुरक्षाको प्रत्याभूति नहुन्जेल काम बन्द हुने कट्टेल जानकारी दिए।

सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट