भारतले नाकामा ट्यांकर रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव

भारतले नाकामा ट्यांकर रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव

Petrol-diesel-prices-hiked

भारतीय भन्सारले गत शुक्रबारदेखि तेलबाहक ट्यांकरलाई नाकामा रोकिदिँदा नेपालको पूर्वी भेगमा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

भन्सारले अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ मा लैजान लागेकोले तेलबाहक ट्यांकर नाकामा रोकेर राखिएको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए ।

‘भन्सारले गाडी आउने रेकर्ड अनलाइन प्रणालीबाट राख्ने व्यवस्था गर्दा तेल रोकिएको हो’, उलने भने, ‘आज नै ट्यांकर छोड्ने जानकारी आएको छ ।’

पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्यांकर भारतीय नाकामा रोकिएको छ । पूर्वी नेपालका लागि आउने ट्यांकरलाई भारतले पश्चिम बंगालको पानीट्यांकी भन्सारमा रोकिदिँदा मेची अञ्चलका प्राय सबै पेट्रोलपम्प बन्द भएको सूचना अधिकृत पौडेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ