बुटवल । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री पद आलोपालो गर्नु गलत भएको बताएका छन् । पार्टी एकीकरण पछि प्रधानमन्त्री पदमा नेपाल कम्युष्टि पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डले आलोपालो खोजेको चर्चा आएको बेला वैद्यले यस्तो टिप्णणी गरेका हुन् ।क्रान्तिकारी पत्रकार महासंघले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीमा प्रचण्डले भाग खोज्जु मर्यादित नभएको बताए ।पार्टी एककिरण न नटुङ्गिको अवस्थामा पार्टीभित्र आलोपालो माग्नु गलत भएको उनको भनाई थियो ।
कम्युनिष्टका नाममा बनेको ओली नेतृत्वको सरकारले कम्युनिष्टहरुकै बदनाम गरिरहेको पनि उनले आरोप लगाए । उनले सरकारले आफ्ना गलत क्रियाकलाप सार्वजनिक हुने डरले मिडिया काउन्सिल विधेयक ल्याएको पनि खुलाए । वैद्यले वितरणमुखी बजेटले विकास र निकास दुवै दिन नसक्ने भन्दै आर्थिक वर्ष २०७६।७७ को बजेटको आलोचना गरेका छन् । समृद्धि नेपाल सुखी नेपालको नारा सरकारले लगाएपनि अहिलेको सरकारबाट सम्भव नभएको वैद्यले दाबी गरे ।
‘१५ खर्ब बजेटमा ४ खर्ब विकास बजेटमा ४ खर्ब नै ऋण छ, अनि कसरी विकास हुन्छ ?, उनले प्रश्न गरे । व्यापार घाटा बढ्दै गएको अवस्थामा उद्योग, व्यवसाय र कृषि मैत्री बजेट आउन नसकेको उनको जिकिर थियो । क्रान्तिकारी पत्रकार महासंघको कार्यक्रम उद्घाटन गर्न वैद्य बुटवल आइएका हुन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु