क्रुर घटना : काकाले नै गोठमा लगेर बलात्कार गरेपछि विभत्स हत्या गरेर नग्न अवस्थामै छाेडे

क्रुर घटना : काकाले नै गोठमा लगेर बलात्कार गरेपछि विभत्स हत्या गरेर नग्न अवस्थामै छाेडे

rape-2

बझाङ । बझाङमा क्रुर घटना घटेको छ । काका नाता पर्ने पुरुषले महिलालाई गोठमा लगेर बलात्कार गरी विभत्स हत्या गरेका छन् । जिल्लाकाे सुर्मा गाउँपालिका वडा ४ गौखेडा बस्ने लक्की पुजाराकी करिब २५ वर्षीया श्रीमती जुना पुजाराको बलात्कार गरी हत्या भएको हो ।

उनका छिमेकी ससुरा नाताले काका पर्ने लोकेन्द्र पुजाराले जुनाको निर्मम हत्या गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीकाअनुसार बिहीबार बेलुका ४ बजे धारामा लुगा धोइरहेकी जुनाको धारामै पछाडीबाट हँसियाले सिधै गर्धनमा प्रहार गरेको र उनलाई गोठमा लगेर बलात्कार गरी नाङ्गै पारेर विछिप्त अवस्थामा छोडेको प्रहरीले जनाएको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय बझाङमा सम्पर्क गर्दा त्यहाँका डीएसपी सुर्यबहादुर केसीले मृतक महिलो तल्लो शरिरको लुगा नभएको बताएका छन् । तर बलात्कार नै हो भन्ने कुरा यकिन गर्न नसकिएको उनको भनाइ छ । पोस्ट मार्टम रिपोर्टपछि मात्रै बलात्कार भए न भएको एवं हत्याको कारण पत्ता लाग्ने उनले बताए ।

हत्या आरोपी लोकेन्द्र पुजारालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । हत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ