पोखरा नुडल्सको बजार हिस्सा ८%, क्षमता विस्तारको लागि ऋण लिँदै, बजार बढाउन नसक्दा ऋण भारमा

पोखरा नुडल्सको बजार हिस्सा ८%, क्षमता विस्तारको लागि ऋण लिँदै, बजार बढाउन नसक्दा ऋण भारमा

pokhara nudals

काठमाडौं। भूकम्प र नाकावन्दी पछि क्षमता विस्तार गर्ने क्रममा लिएको कर्जाको लागि पोखरा नुडल्सले क्रेडिट रेटिङ गराएको छ। क्षमता विस्तार सँगै बजारमा बढी आपूर्ति हुँदा कम्पनीको बिक्री नै घटेको थियो।

बिक्री घट्दा कम्पनीले राम्रो मुनाफा आर्जन गर्न सकेन। चार वर्ष अगाडि लिएको कर्जाको व्याज भूक्तानीको मारमा परेको कम्पनीले कर्जा नविकरण गर्ने क्रममा ७० करोड ७९ लाख रुपैयाँको रेटिङ गराएको हो।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङ अनुसार मध्यम किसिमको जोखिम जनाउने ‘इक्राएनपि डवल बी’ र ‘इक्राएनपि ए फोर’ प्राप्त गरेको छ। एजेन्सीका अनुसार कम्पनीले समयमा भूक्तानी प्रणालीलाई व्यवस्थापन गर्न नसकेमा जोखिम सिर्जना हुन सक्छ। तर समयमा भूक्तानी प्रणाली व्यवस्थान गर्न सकेमा मध्यम किसिको जोखिम मात्रै रहेको जनाउँछ।

नेपालको चाउचाउ उद्योगमा २५ वर्षको अनुभव भएको कम्पनीको बजार हिस्सा ८ प्रतिशत मात्रै रहेको छ। ह्वाइट नुडल तर्फ भने कम्पनीको बजार हिस्सा ४० प्रतिशत रहेको छ। कम्पनीले रम्बा, जोजो, बोनस,ताज, सरर, चिनो ब्राण्डका चाउचाउ बिक्री गर्दै आएको छ।

भूकम्प र नाकाबन्दी पछाडी आफ्नो बजार हिस्सा बढाउने रणनीतिका साथ अगाडि बढेको कम्पनीले आफुलाई प्रतिस्पर्धामा उतार्न नसक्दा बजार बढाउन सकेन। फलस्वरुप सन् २०१८ मा कम्पनीको बिक्री नै १४ प्रतिशतले घट्यो। अझ सन् २०१९ सम्ममा २३ प्रतिशतले घट्यो।

पाँच वर्ष अगाडि कम्पनीले आफ्नो उत्पादन बिक्री गरेर ९० करोड २६ लाख रुपैयाँ आम्दानी गरेको थियो। भूकम्प पछि कम्पनीले आफ्नो क्षमता विस्तार गर्यो। कम्पनीले सन् २०१७ मा एक अर्ब १५ करोड रुपैयाँको बिक्री गर्न सफल भए पनि त्यस पछिका वर्षमा लगातार घटिरहेको छ।

कम्पनीको प्रमुख शेयरधनीहरुमा तुलसा पाण्डेको २० प्रतिशत, श्रीराम पाण्डेको २० प्रतिशत, हरिप्रसाद पाण्डेको १८ प्रतिशत, बाबुराम पन्तको ८ प्रतिशत शेयर रहेको छ। कम्पनीले १६ प्रकारको उत्पादन गरेको छ। देशभरी २०० भन्दा धेरै डिलर तथा बिक्रेता रहेका छन्।

मिति आम्दानी(रुपैयाँमा)
सन् २०१५

902630000

सन् २०१६

818740000

सन् २०१७

1150970000

सन् २०१८

995190000

सन् २०१९ छ महिना

383140000

bizmandu

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ