विद्यालयको आवासगृहमा आगलागी

विद्यालयको आवासगृहमा आगलागी

aagolagi

फिदिम : पाँचथरको फालेलुङ गाँउपालिका–५ प्राङबुङको एक आवस गृहमा आगलागी भएको छ। कालिका माविको तीन कोठे आवस गृहमा शुक्रबार दिउँसो आगलागी भएको हो।

विजुलीको तार सट भएर आगलागी भएको वडाध्यक्ष जिवनकुमार राईले जानकारी दिए। ‘आगलागीबाट आवास गृहमा पूर्ण क्षती पुगेको छ,’ राईले भने ‘सबैको सकृयतामा आगो निभाइको छ।’
आगलागीबाट ११ लाख बराबर क्षति भएको प्रहरीले जनाएको छ। कालिका माविका दुई जना शिक्षकहरु योगेन्द्र रेग्मी र दवी कटुवाल बस्दै आएको कोठाबाट आगो लागेको स्थानीयले बताए।

आगोले आवस गृहका तीन वटै कोठामा रहेका सामानहरुलाई पुर्ण रुपमा जलाइदिएको छ। स्थानीय, प्रहरी, शिक्षक र विद्यार्थीहरुको सकृयतामा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ