मागेको भाडा नदिएको भन्दै महिला यात्रुमाथि निर्घात कुटपिट गर्ने गाडी चालक पक्राउ (भिडियो)

मागेको भाडा नदिएको भन्दै महिला यात्रुमाथि निर्घात कुटपिट गर्ने गाडी चालक पक्राउ (भिडियो)

kutpit

कैलाली । धनगढीबाट सार्वजनिक सवारीसाधन चढेर महेन्द्रनगर पुगेकी एकजना महिलालाई सवारी चालकले बिच सडकमै अपशब्द बोल्दै कुटपिट गरेका छन् । शुक्रबार दउँसो महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको गाडी मालिका यातायातका चालक गोकुल बोहराले सडकमै महिलालाई दुब्र्यवहार गर्दै कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले चालक बोहराले गाडी भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै लक्ष्मी धनाडीलाई कुटपिट गरेपछि नियन्त्रणमा लिईएको जानकारी दिए ।

उनले धनगढीदेखि महेन्द्रनगर सम्मको १ सय ४० रुपैया भाडादर रहेपनि चालकले २ सय रुपैयाँ मागेको तर महिलाले बढी भाडा दिन नमानेपछि गाली गलौज गर्दै कुटपिट गरेको जानकारी दिए । कुटपिट गर्ने चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

https://www.facebook.com/pokharalover/videos/1388483634625598/?t=9

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ