पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी जहाज खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । पोखरामा शनिबार आयोजित रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानको औपचारिक घोषणा सभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने,’उहाँको त्यसमा कुनै संलग्नता नै थिएन, निर्दोष भएपछि निर्दोष भन्न पाइदैन ? उनले प्रश्न गर्दै थपे,’अदालतले निर्दोष ठहर नगरी प्रधानमन्त्रीले निर्दोष छ भनेर पाइन्छ भनेर भन्लान तर अदालतले दोषी ठहर नगरी दोषी भन्न पाइने, मनपरी भन्न पाइने अनि निर्दोष भन्न नपाइने ?’ केहि पूर्वाग्रही छुद्र ढंगले चल्न खोज्ने संस्था न्यायाधिश बन्न खोजेको भन्दै उनले आक्रोश ब्यक्त गरे ।
उनले स्वर्गीय नेता अधिकारीले आफ्नो एक वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको जिकिर गरे । प्रधानमन्त्री ओलीले भने,’नयाँ मन्त्री हुनुहुन्थ्यो, पर्यटन क्षेत्र बुझ्नुपर्यो, संस्कृति क्षेत्र बुझ्नुपर्यो, कसरी बुझ्नुहुन्छ भन्ने सोच्थे तर उहाँले निकै कुशलतापूर्वक काम गर्नुभयो ।’
https://www.facebook.com/gandaknews/videos/376540492975606/?t=3
प्रधानमन्त्री ओलीले ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना भएको घोषणा गर्दै सरकारले प्रतिष्ठानका लागि एक करोड रुपैँया सहयोग गर्ने बताए ।उनले कास्कीका बासिन्दालाई रवीन्द्र अधिकारी जस्तो नेता पाएकोमा गर्व गर्न आग्रह गरे ।
रवीन्द्रकी पत्नी विद्या भट्टराईको अध्यक्षतामा गठन भएको प्रतिष्ठानमा ३५ सदस्यीय तदर्थ र ४१ सस्दयीय सल्लाहकार समिति रहेका छन् । प्रतिष्ठानकी अध्यक्ष विद्याको अनुुसार रवीन्द्रका सोच र दृष्टिकोणलाई स्थायी बनाउन परिवार, साथीभाइ र पार्टीको तर्फबाट चुनिएका ब्यक्तिहरु समितिमा रहेका छन् ।
कास्की क्षेत्र नं–२ का सङ्घीय सांसद् रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले रवीन्द्र अधिकारी स्मृती प्रतिष्ठानलाई गर्नुपर्ने सहयोगमा आफू प्रतिवद्व रहेको बताए ।



सम्बन्धित खबर
पोखरामा मगर समुदायको भूमे पूजा
‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार