स्व. रवीन्द्र अधिकारीका दुई छोरा छन् । जेठो बिराज, कान्छो स्वराज । बिराज उच्च शिक्षा पढ्छन्, बुझ्ने भैसके । आठ वर्ष हुँदैमा बाबु गुमाएका कान्छो बाल्यावस्थामा पनि चलाख छन्, बुझ्ने छन् । गत फागुनमा हेलिकोप्टर दुर्घटनामा परी बाबुको निधन हुँदा स्वराज सुरुमा त बेखबर नै थिए, अहिले उनलाई पक्का भइसक्यो ‘अब बुबा हुनुहुन्न, कहिल्यै आउनुहुन्न’ । बुबाको श्रद्धाञ्जली सभा होस् या घरमा हजुरबुवा, आमा, आमालाई ‘अब म छु नि ‘ भन्ने भावमा स्वराज सार्वजनिक कार्यक्रममा प्रस्तुत हुन्छन् ।
बाबुको नाममा स्थापित प्रतिष्ठान उद्घाटन समारोहमा आज मञ्चमा उनको बालसुलभ व्यवहार उस्तै दोहोरियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै काखमा उनी लुटपुटिए । प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई आफू वर बोलाएर दुई जनाबीचमा पारी सेल्फी खिचे । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निकट पुगेर पनि उस्तै गफिन्थे । ओलीले पनि स्वराजसँग आत्मियता बढाउँदै थिए । यसअघि काठमाण्डौकै कार्यक्रममा पनि स्वराज उसैगरी ओली छेउ प्रस्तुत भएका थिए ।
स्वराजले पिता गुमाउनुको पीडा के हो ? राम्ररी बुझिसकेका छैनन् । आफ्नो बाबुको मृत्यु भएको दिन छिमेकी तथा पिताका सहयात्री धनराज आचार्यलाई ‘अंकल, मेरो बाबा कहिले घर आउनुहुन्छ ?’ भनेर प्रश्न गर्दै बाबा आउने बाटोतिर आँखा ओछ्याइरहँदा घरको बार्दलीमा बसेको फोटो मिडियामा छाएको थियो । सबैलाई स्तब्ध पारे । श्रद्धाञ्जलीसभामा बाबुको शवसँगै भएकी आमाको आँखाका आँसु देख्ने बित्तिकै एकाएक आमासामू अभिभावकजसरी प्रस्तुत भएका थिए । स्वराजले सान्त्वना दिँदै आफ्नै हातले पानी खुवाएर आँशु पुछिदिएको करुणामय दृश्यले त्यहाँ वरिपरी रहेकाहरु सबै शोकसन्तप्त बन्न पुगेका थिए । अहिले स्वराज बुबाको स्मरणमा आयोजित अधिकांश कार्यक्रममा सहभागी हुन्छन् अनि उपस्थित सबैसँग खुलेर कुरा गर्छन् । रविन्द्रको सानोको तस्विर कान्छो स्वराज जस्तै पनि देखिन्छ । अहिले स्वराजले रविन्द्रको झल्को मेटाइदिएको परिवारमा चर्चा पनि चल्छ ।
रविन्द्रको राजनीतिक तथा सामाजिक योगदानलाई चीरस्थायी बनाउन उनको नाममा रविन्द्र अधिकारी स्मृति प्रतिष्ठान घोषणा भएको छ । प्रतिष्ठानलाई तत्कालिन पर्यटन मन्त्री कामकै सिलसिलामा दिवंगत भएका कारण १ करोड प्रधानमन्त्रीबाट घोषणा भएको छ ।
सम्बन्धित समाचार :-
http://gandaknews.com/rabindra-kp-oli-pokhara/
सम्बन्धित खबर
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
नागरिक समाजले पोखराबाट राष्ट्रपतिलाई पठायो पत्र- जेनजीको प्रभावकारी उपस्थितिका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्छ
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
जेनजी आन्दोलनमा बाइक जलाइएपछि देउसीभैलो खेलेरै किने प्रहरीले
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट