सुबिधाभोगी नगरपालिकाकी उपप्रमुख : परीक्षा दिन सरकारी गाडीमा सरर !

सुबिधाभोगी नगरपालिकाकी उपप्रमुख : परीक्षा दिन सरकारी गाडीमा सरर !

nagarpalika

आइतबार कपिलवस्तुको शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले तौलिहवा स्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा परीक्षा दिन आउने क्रममा शिवराज नगरपालिकाको बा २ झ ३७५९ नम्बरको गाडी प्रयोग गरेकी थिइन ।

शिवराज नगरपालिकाको नेपाल आदर्श क्याम्पस शिवपुरमा अध्ययनरत उनले बिएड तेस्रो बर्षको नेपाली बिषयको परीक्षा दिन पुगेकी थिइन । बिहान ६ः३० बजे सरकारी गाडीमा आएकी उनी अन्य दुई परीक्षार्थी सहित सोही गाडीमा सवा दश बजे परिक्षाहलबाट निस्किएर गाडी चढेर फर्किएकी हुन् ।

सरकारी गाडीको दुरुपयोग गरेको बिषयमा प्रतिक्रिया लिदा उनले परीक्षा दिनका लागि गाडी लिएर आएको बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ