रोकेको बस आफै गुड्दा १० जना घाइते

रोकेको बस आफै गुड्दा १० जना घाइते

bus_accident_FP2dvjaBVU

दाङ – पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको रिहारमा आइतबार राति बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । नारायणघाटबाट महेन्द्रनगरका लागि छुटेकाे ना ६ ख १२६४ नम्बरको बस लमही नगरपालिका ९ रिहार नजिक दुर्घटना हुदा १० जना यात्रु घाइते भएका हुन् ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आइतबार राति रिहार नजिकै जंगलमा शाैचकाे लागी बस राेकिएकाे थियाे ।

तर, राेकेकाे बस आफैँ गुडेर सडक बाट तल खस्दा दुर्घटना हुन पुगेकाे हो । बस राेकेर चालक पनि शाैच गर्न बाहिर निस्किएका थिए । सामान्य घाइते भएका यात्रुको लमहीमा उपचार भैरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि बाँकेको नेपालगंज लगिएको छ ।

गम्भीर घाइते हुनेमा टिकापुर ८ बस्ने ६५ वर्षीय भागीराम डगौरा, उनकी श्रीमती ६० वर्षीया बेज्या चौधरी, कैलाली लम्किचुहा ६ का ३५ वर्षीय कृष्ण भण्डारी र डडेल्धुरा अम्मरगढ़ी २ का ५० वर्षीय गोपा सार्की रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ