लमजुङ : लमजुङमा भएको सवारी दुर्घटनामा गम्भीर एक महिलाको मृत्यु भएको छ । बेसीशहर–१, उदिपुरमा आईतबार अपरान्ह भएको सवारी दुर्घटनामा परी दोर्दी–७, फलेनीकी डोल्मा तामाङको मृत्यु भएको हो ।
बस र जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । अपरान्ह सदरमुकाम बेसीशहरबाट भोटेओडारतर्फ जाँदै गरेको ना ४ ख २२८० नम्वरको बस र बेसीशहरबाटै दोर्दीको फलेनी तर्फ जाँदै गरेको ग १ ज ६५१९ नम्बरको जिप बेसीशहर–१, उदिपुरमा एक आपसमा ठोक्किएका हुन् । उदीपुरबाट फलेनी जाने बाटो बन्द भएकोले उक्त जीप उदीपुरबाट बेसीशहरतर्फ फर्कदैं गर्दा बससँग ठोक्किएर दुर्घटनामा परेको हो ।
गम्भीर घाईते भएकी ५० वर्षिया तामाङलाई उपचारका लागि चितवन लगिएको थियो । चितवन मेडिकल कलेजमा पनि उपचार हुन नसकेपछि आज विहान काठमाण्डौ लैजाने क्रममा बाटोमै मृत्यु भएको तामाङका आफन्तले बताएका छन् ।
दुर्घटनामा घाईतेमध्ये फलेनीकै ६० वर्षिय फान्तबहादुर तामाङ र २५ वर्षिया सुकमाला तामाङको अवस्था गम्भीर छ । जिपका चालक २२ वर्षिय विकास मझाकोटीसहित उनिहरुको चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतमध्ये बेसीशहर–३ की ४६ वर्षिया सुकमाया विकको जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।
सम्बन्धित खबर
बेँसीसहर–चामे सडक अवरुद्ध
लमजुङको यूनिभर्सल एकेडेमीका आयुष र आयुष्माले ल्याए ४ जिपिए
लमजुङ पहिरो [अपडेट] : एकै घरका चारै जनाको शव निकालियो
लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
लमजुङ पहिरो: बेपत्ता वृद्धको शव भेटियो, तीन जना अझै बेपत्ता
लमजुङमा पहिरो : एकजनाको मृत्यु, ४ बेपत्ता, २ घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग