लमजुङ : लमजुङमा भएको सवारी दुर्घटनामा गम्भीर एक महिलाको मृत्यु भएको छ । बेसीशहर–१, उदिपुरमा आईतबार अपरान्ह भएको सवारी दुर्घटनामा परी दोर्दी–७, फलेनीकी डोल्मा तामाङको मृत्यु भएको हो ।
बस र जिप एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । अपरान्ह सदरमुकाम बेसीशहरबाट भोटेओडारतर्फ जाँदै गरेको ना ४ ख २२८० नम्वरको बस र बेसीशहरबाटै दोर्दीको फलेनी तर्फ जाँदै गरेको ग १ ज ६५१९ नम्बरको जिप बेसीशहर–१, उदिपुरमा एक आपसमा ठोक्किएका हुन् । उदीपुरबाट फलेनी जाने बाटो बन्द भएकोले उक्त जीप उदीपुरबाट बेसीशहरतर्फ फर्कदैं गर्दा बससँग ठोक्किएर दुर्घटनामा परेको हो ।

गम्भीर घाईते भएकी ५० वर्षिया तामाङलाई उपचारका लागि चितवन लगिएको थियो । चितवन मेडिकल कलेजमा पनि उपचार हुन नसकेपछि आज विहान काठमाण्डौ लैजाने क्रममा बाटोमै मृत्यु भएको तामाङका आफन्तले बताएका छन् ।
दुर्घटनामा घाईतेमध्ये फलेनीकै ६० वर्षिय फान्तबहादुर तामाङ र २५ वर्षिया सुकमाला तामाङको अवस्था गम्भीर छ । जिपका चालक २२ वर्षिय विकास मझाकोटीसहित उनिहरुको चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतमध्ये बेसीशहर–३ की ४६ वर्षिया सुकमाया विकको जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।
सम्बन्धित खबर
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह