विप्लव कार्यकर्ताद्वारा सोलुखुम्बुको चौकीमा आक्रमण !

विप्लव कार्यकर्ताद्वारा सोलुखुम्बुको चौकीमा आक्रमण !

biplop mahobadi

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार मध्यराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकीमा आक्रमण गरेका छन् । उसले कब्जा गर्ने उद्धेश्यसहित ‘जनयुद्ध’ शैलीमा चौकी आक्रमण गरेको हो । तर विप्लव कार्यकर्ता चौकी रित्तै भेटेपछि फर्किएका थिए ।

स्रोतका अनुसार, मध्यराति २५–३० जनाको समूह आक्रमण गर्नका लागि चौकी पुगेको थियो । तर विप्लव कार्यकर्ता त्यतिखेर छक्क परे, जतिखेर चौकी पूरै खाली थियो । स्रोत भन्छ, ‘आक्रमणको सूचना पाएकाले प्रहरीहरु हतियारसहित सुरक्षित स्थानमा गइसकेका थिए, त्यसैले कब्जाको रणनीति असफल भयो ।’

सो चौकी घटनास्थल सल्लेरीबाट करिब ८० किलोमिटर टाढा छ । त्यहाँ सात जना मात्र प्रहरी कार्यरत थिए ।  अहिले जिल्ला प्रहरी प्रमुख डीएसपी शालिकराम शर्मासहितको टोली घटनास्थलमा पुगिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ