मालपोत र नापी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गरेरै छाड्छौँ : मन्त्री अर्याल

मालपोत र नापी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गरेरै छाड्छौँ : मन्त्री अर्याल

Padma-kumari-aryal

file photo

पाँचथर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मालपोत कार्यालयमा अनलाइन प्रणाली जोडेसंगै भष्ट्राचारमा कमी आएको बताएकी छिन् । डेढ वर्षमा मालपोत र नापी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गरेरै छाड्ने दाबी गर्दै उनले अनलाईन प्रणालीले नापाी कार्यालयमा हुने भ्रष्ट्राचारको अन्त्यको लागि सहयोग गरेको बताएकी हुन् ।

हरेक दिन आएका सेवाग्राहीदेखि कार्यालयबाट भएका काम र उठेका राजस्‍व आफूले थाहा पाउनेगरी अनलाइन प्रणालीमा लगिन्छ उनले भनिन् । ६ वटा मालपोत कार्यालयमा जडानपछि ६ महिनामा डेढ अर्ब राजस्व वृद्धि भएको बताउँदै मन्त्री अर्यालले अब देशभरका बाँकी मालपोतसँगै नापी कार्यालयमा अनलाइन प्रणाली जडान गरेर डेढ वर्षसम्ममा पूरै भ्रष्टाचार अन्त्य गर्ने दाबी गरिन् ।

पाँचथरको फिदिममा प्रेस संगठन नेपालले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले अनलाइन प्रणालीबाटै ती कार्यालयबाट हुने सेवा प्रवाहमा सुशासन कायम गर्न सकिने निष्कर्षमा पुगेको बताईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ