काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन कुनै पनि हालतमा नरोकिने बताएका छन् । आयोगको विज्ञापन समावेशी नभएकोले सच्याउनुपर्ने सुझावहरु आईरहेको बेला उनले स्थानीय तहको मागको आधारमा मन्त्रालयले आयोगलाई पदपूर्तिका लागि काम अघि बढाउन निर्देशन दिएको भन्दै विज्ञापन कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको आइतबार तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विज्ञापन संविधान र ऐन सम्बतरूपमा गरिएको दाबी गरे । उनले भने, “५५५ स्थानीय तहको माग र मुलुकको आवश्यकताका आधारमा विज्ञापन गएिकाले सरोकार नभएका व्यक्तिले विरोध गर्नुको कुनै अर्थ छैन ।” लोक सेवा आयोगले नयाँ कर्मचारी सिफारिस गरिसकेपछि सङ्घ, प्रदेश र स्थानीय तहमा अपुग भएको कर्मचारीको पूर्ति हुने विश्वासमन्त्री पण्डितले व्यक्त गरे ।
ट्रेड युनियनमा लागेका कर्मचारीले काम गर्नु पर्दैन भन्ने बुझाइ भएकाले ट्र्ेड युनियनको नाममा कतिपय कर्मचारीले काम नगर्ने गरिएकोमा उनले चिन्ता व्यक्त गरे । सबै कर्मचारीले भनेकै ठाउँमा सरूवा नहुने भन्दै पण्डितले सङ्घीय व्यवस्थालाई ख्यालमा राखी तोकिएको कार्यालयमा गएर कर्मचारीले सेवाग्राहीलाई सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने जिम्मेवारी कर्मचारीको पनि भएकाले कर्मचारीले राष्ट्रको परिस्थिति नहेरी सेवा सुविधा मात्र माग गर्नु जायज नभएको उनको भनाइ छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु