संसद हाे कि भट्टी ? प्रदेश-२ परिसरभित्र रक्सी, चुरोट, खैनी र पानपराग खुलेआम !

संसद हाे कि भट्टी ? प्रदेश-२ परिसरभित्र रक्सी, चुरोट, खैनी र पानपराग खुलेआम !

drugs-pradesh-2_

जनकपुरधाम : सरकारी कार्यालयमा धुम्रपान, मध्यपान प्रतिबन्धित नै हुन्छ । तर देशको कुनै संसद भवन परिसरमै रक्सीका बाेतल, चुरोट, खैनी, पान–परागको बट्टाको थुप्रो देखियो भने त्यसलाई के भन्ने ?

योजना, नीति, नियम बनाउने र बहस गर्ने थलो मानिने प्रदेश–२ को परिसरमै यस्तो देखिन्छ । जहाँको शौचालयमा जोकोही पुग्दा लाग्छ कि, यो कुनै रक्सी र चुरोटको अखडा नै हो !

त्यसो त, सभाहलको पछाडि पट्टीको क्यान्टिनमै रक्सी, चुरोट र तास खुलेआम बेच्ने गरिन्छ । कानुन अनुसार प्रदेशसभामा जाँड रक्सी खान नपाइने बताउँछन् प्रदेशसभा सचिवालय सचिव रञ्जित यादव ।

तर, प्रदेशसभाका सांसदहरुकै लापर्वाहीका कारण यस्तो अव्यवस्थित अवस्था देखिएको उनको भनाइ छ । स्रोतका अनुसार परिसरमा रहेको चमेनागृहमा बस्नेहरु नै रक्सी सेवन गर्छन् ।annapurnapost

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ