रसुवा – मैलुङ–स्याँफ्रुबेंशी सडकखण्डमा सोमवार साँझ भएको टाटासुमो दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ३ जना अझै बेपत्ता छन् भने ५ गम्भीर घाइते छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । २ जनाको घटनास्थलमा तथा १ जनाको त्रिशुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
टाटासुमोमा सवार सवै उत्तरी रसुवाको गोल्जुङका वासिन्दा हुन् । गम्भीर घाइतेमा चालक आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय निमा तामाङ, ३५ वर्षीया जौरानी घले, २९ वर्षीय योङजुङ तामाङ, ५ वर्षीया फुर्वु याङजेन तामाङ र ३ वर्षीय निम छेवाङ तामाङ रहेका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं लगिएको त्रिशुली अस्पतालले जनाएको छ ।
आमाछोदिङ्मो–४ का ४८ वर्षीय पासाङदे घले, १९ वर्षीया कामी याङ्जेन घले र २० वर्षीया लेताङ घले बेपत्ता रहेको प्रहरी निरीक्षक भण्डारीले बताए । प्रहरी नायव निरीक्षक भागेन्द्रपुरूष ढकालको नेतृत्वमा घटनास्थल गएको प्रहरी टोलीले अहिले बेपत्ताको खोजी गरिरहेको छ ।
पोखराबाट रसुवाको गोल्जुङतर्फ आउँदै गरेको बा१०च ५८२० नम्बरको टाटासुमो मैलुङ–स्याँफ्रुबँशी सडकखण्डको कालिका र गोशाइँकुण्ड गाउँपालिकाको सीमा क्षेत्रमा दुर्घटना भई करीब १ सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।
सम्बन्धित खबर
पीसीएममा आइडिया पिच प्रतियोगिता सम्पन्न
धादिङकी १६ वर्षीया किशोरी पोखराबाट ४ दिनदेखि बेपत्ता
रोटरी क्लब अफ पोखरा अन्नपूर्णको २० औं पदस्थापन सम्पन्न
चलचित्र पत्रकार संघ कास्कीको २२ औं वार्षिकोत्सव सम्पन्नः पत्रकारिता, नेतृत्व र भविष्यका बहसहरूमा जोड
रेवान पोखराद्वारा होटल, रेष्टुरेण्टका सेफ तथा म्यानेजरहरुलाई स्वच्छ खाद्य सेवा तालिम प्रदान
गण्डकी प्रदेशमा रहेका किराँतीका भाषा र संस्कृतिबारे पोखरामा गोष्ठी
यो पनि पढौँ
पोखराका मेयरलाई राजीनामा दिन सुझाव, जनता भन्छन् – ‘माखो मार्नुभएन, जिरो पर्सेन्ट काम, वडाध्यक्ष जति पनि छैन’
पोखराको लेकसाइडबाट ८ बालिकाको उद्धारः तीन स्पा सेन्टर कारबाहीमा
पोखरा महानगरपालिकाले सार्वजनिक सुनुवाइमा सहभागी हुन जारी सन्देशमा सदस्यहरू छुटाएपछि चार सदस्यको विमति
बाल प्रतिभा आवासीय माविमा विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न