चितवन ।चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको सुरक्षाका लागि लगाइएको जस्ताको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेकामध्ये १४ जना रिहा भएका छन् । पक्राउ परेका मध्ये चार जनालाई प्रहरीले छाडेको छैन ।
हाजिरी जमानीमा आवश्यकताअनुसार बोलाउने गरी १४ जनालाई छाडिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बाँकी ४ जनालाई थप अनुसन्धान गर्नुपर्ने भएकाले नछाडिएको बताए ।
प्रहरीका अनुसार तुलसी गुरुङ, देव तामाङ, राजु सापकोटा, कोपिला सापकोटा, राजन सापकोटा, सञ्जु गुरुङ, कृष्ण कँडेल, दीपक आचार्य, देव गुरुङ, विपिन भट्टराई, मञ्जु चापागाईं, पारू परियार, यशोदा पौडेल, ईश्वरी माया तामाङ जमानीमा छुटेका हुन् ।प्रकाश कँडेलसहित भैरव बास्तोकोटी, धुव्र चापागाईं, सुरेन्द्र विके गरी चार जना प्रहरी हिरासतमै रहेका र उनीहरुको थप अनुसन्धान भइरहेको रेग्मीले बताए
।जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरी ७ दिनको म्याद लिएर उनीहरुलाई थुनामा राखिएको छ । अभियोग प्रमाणित भए तीन वर्ष जेल, ३० हजार जरिबाना र क्षतिपूर्ति भराउने सजाय हुने कानुनी व्यवस्था रहेको छ ।रंगशाला निर्माणस्थल वरपरका स्थानीयले पक्राउ परेका व्यक्तिहरु रिहाईको माग गर्दै वडा नम्बर १६ को कार्यालयमा धर्ना दिँदै आएका छन् ।
स्थानीयले रंगशालाको सिमानामा पर्ने सडक बाटो फराकिलो बनाउने विषयलाई लिएर बनेको संरचनामा डोजर लागाएका थिए । विश्वविद्यालयसँग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग उनीहरुको छ । विश्वविद्यालयबाट जग्गा प्राप्त भैसकेपछि फाउण्डेशनले २० बिगाहा ६ कठ्ठा जग्गामा जस्ताको बार लगाउने क्रममा बस्ती क्षेत्रमा विवाद भएको थियो । बस्ती र रंगशालाको सिमानामा ७ मिटरको सडक बाटोलाई केही स्थानीयले ३१ मिटरको बनाउनुपर्ने माग गर्दै आएका छन् ।
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ