गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा हुने गरेको अव्यवस्थित यौनधन्दालाई व्यवस्थित गर्न ‘रेडलाइट एरिया’को बनाउन बहस सुरु गर्नुपर्ने बताएपछि अधिकांसले आलोचनाससहित बिरोध गरे भने हाल पोखरामा यौन ब्यबसाय चलाएरै बसेकाहरुले प्रशंसा । मुख्यमन्त्रीले ‘रेडलाइट एरिया’ को बिषयमा बहस सुरु गर्नुपर्ने भन्दै दिएका अभिव्यक्तिको बिरोध भएसँगै केही समय यो बिषयमा चुप बसेको गण्डकी प्रदेश सरकार फेरी एकपटक सर्बव्यापी आलोचना खेपिरहेको छ ।
कारण गण्डकी प्रदेश सरकारले पोखरामा ‘इन्जोय जोन’ बनाउने र त्यहाँ यौन कर्मदेखि अन्य मनोरञ्जनात्मक गतिविधि हुने भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले दिएका अभिव्यक्ति । मन्त्री लम्सालले ‘इन्जोय जोनको बारेमा स्पष्ट पार्दै भनेका थिए, ‘गण्डकी प्रदेश सरकारले ‘इन्जोय जोनको डीपीआर तयारी गरिरहेको छ । त्यस क्षेत्रमा हुने पर्यटकीय गतिविधिमा प्रहरी प्रशासनले हस्तक्षेप गर्दैन ।’
पोखरामा आउने पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले कुल ९ करोड लागतमा ‘इन्जोय जोन’ बनाउने प्रदेश सरकारको योजना सुनाएसँगै गण्डकी प्रदेश सरकार र पर्यटनमन्त्री लम्साल माथि नै बिभिन्न शंकासहितका देशव्यापी आलोचना हुन थालेपछि सांसदहरुले उक्त योजना बिरुद्ध संसदमा प्रश्न गर्न थालेका छन् ।
सोमबार गण्डकी प्रदेश सभामा प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले इन्जोय जोनदेखि कर्मचारीको हेरफेरका बिषयमा प्रश्न गरेपछि मुख्यमन्त्री गुरुङषले जवाफ दिँदै भने, ‘इन्जोय जोन भन्नेबित्तिकै नकरात्मक किन सोच्ने ? के फनपार्क इन्जोय जोन होइन । आइटी पार्क इन्जोय जोन होइन ? पर्यटकलाई चाहिने सबै सुविधा भएको ठाउँ इन्जोय जोन होइन ? इन्टरटेनमेन्ट लिने सबै ठाउँ इन्जोय जानेन हो ।’ उनले थपे, ‘यसलाई इन्जोय जोन वा इन्टरटेनमेन्ट जोन जे भनेर बुझ्दा पनि हुन्छ ।’
इन्जोय जोनका प्रदेश सरकारले ९ करोड रुपैयाँ छुट्याएको कुरा असत्य भएको दावी गर्दै मुख्यमन्त्री गुरुङले त्यहाँ कानुनले बर्जित गरेका कुनै पनि गतिविधि नहुने प्रस्टाए । अरु व्यवसायको कुरा छोड्दिनु, गाँजा चरेस खाएर मात्र इन्जोय हुन्छ भन्ने होइन । पर्यटकले चाहेको कुरा एउटा ठाउँमा पाउँछ त्यो इन्जोय जोन हो । तर, कानुनले बर्जित गरेका कुराहरु त्यहाँ पाईदैन ।’ हल्लनचोकदेखि पामेसम्म, सराङकोटदेखि कास्कीकोटसम्म, कुबिन्डेदेखि मट्टिखानसम्म, ढिकिडाँडादेखि गर्लामसम्म, रुपादेखि बेगनाससम्मका ठाउँ अध्ययन गरी पर्यटन पूर्वाधार बनाउन सम्भावना रहेको उनले बताए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो