प्रांन्क गर्ने युटुबरलाई १५ महिना जेल सजाय

प्रांन्क गर्ने युटुबरलाई १५ महिना जेल सजाय

arrest-pakrau

सांकेतिक तस्विर

एजेन्सी । घरविहीन व्यक्तिलाई बिस्कुटमा दन्तमन्जन राखेर खान दिएर झुक्याएको अभियोगमा स्पेनमा एक युटुबरलाई १५ महिनाको जेल सजाय सुनाइएको छ । स्पेनिस ब्लगर कान्घ रेनलेका संचालकलाई नैतिकताको उल्लंघन गर्दै सन् २०१७ मा घरविहीन व्यक्तिमाथि प्रांन्क गरेको आरोपमा अदालतले सजाय सुनाएको हो ।

बार्सिलोनास्थित अदालतले ब्लगर रेनको युट्युब च्यानल पूर्ण रुप बन्द गर्न आदेश दिँदै आगामी सन् २०२४ सम्म कुनै पनि भिडियो पोस्ट गर्न नपाउने निर्णय सुनाएको छ ।यस्तै गरी रनले पीडित व्यक्तिलाई २० हजार युरो क्षतिपूर्ति तिर्नु पर्ने भएको छ।

झुक्काइएका व्यक्ति रोमानियन जर्ज एल रहेको र बार्सिलोना आउनु अघि उनी गोठालोको काम गर्ने गरेको स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका चन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ