गण्डकी प्रदेशको नियमावली संशोधन : अब सांसदहरुले मोबाइल हेरेरै संसदमा बोल्न पाउने

गण्डकी प्रदेशको नियमावली संशोधन : अब सांसदहरुले मोबाइल हेरेरै संसदमा बोल्न पाउने

Gandaki Province Pradesh Bhawan

file photo

पोखरा– गण्डकी प्रदेशसभामा सोमबार बसेको बैठकले तेस्रोपटक प्रदेशसभा नियमावली संशोधन गर्दै सांसदहरुले अबदेखि मोबाइल हेरेर संसदमा बोल्न पाउने व्यवस्था थप गरेको छ । प्रदेशसभा नियमावली १९ ‘झ’ ले बैठक कक्षमा मोबाइल फोन र अन्य विद्युतीय उपकरण प्रयोग गर्न नहुने व्यवस्थालाई संशोधन गर्दै अबदेखि मोबाइल हेरेर बोल्न पाउने व्यवस्था थप गरेको हो ।

नियमावली संशोधन मस्र्यौदा समितिका सदस्य कुमार खड्काका अनुसार स्मार्ट तरिकाले सांसदहरु प्रस्तुत हुने क्रम बढेकाले तेस्रोपटक नियम संसोधन गरेर यस्तो व्यवस्था ल्याइएको हो । सांसदहरुले मोबाइलमै आफ्ना कुराहरु ल्याएर बोल्न खोजेको पाइएकाले पनि नियमावली संशोधन गरिएको उनले बताए ।

संघीय सरकारले भने सदनमा सांसदहरुले फोनमा कुरा गर्न र रेकर्ड गर्न बर्जित गरेको छ । यस्तै, सांसदहरुले बैठक कक्ष बाहिर राखिएको हाजिरी खातामा बैठक सुरु हुनुभन्दा एक घन्टाअघि उपस्थिति जनाई सक्नुपर्ने व्यवस्था थप गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ